दफा १६
अधिकार प्रत्यायोजन
: (१) समितिले आफूलाई प्राप्त अधिकारहरु मध्ये कुनै वा सबै अधिकार आवश्यकतानुसार सदस्यहरुको कुनै उपसमिति वा समितिको कुनै सदस्य वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकले आफूलाई प्राप्त अधिकारहरु मध्ये सबै वा केही अधिकार आवश्यकतानुसार प्रतिष्ठानका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।